सूर्यकुमार यादवको शतक मद्दतमा मुम्बईले गुजरातलाई दियो २१९ रनको लक्ष्य

सूर्यकुमार यादवको शतक मद्दतमा मुम्बईले गुजरातलाई दियो २१९ रनको लक्ष्य

सूर्यकुमार यादवको शतक मद्दतमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ।

वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईका लागि यादवले सर्वाधिक १०३ रन बनाए। उनले मात्र ४९ रनमा ६ छक्का र ११ चौका प्रहार गरे। उनी नटआउट रहे। आईपीएलमा यादवको यो पहिलो शतक हो। 

मुम्बईका लागि ओपनरद्वय इसन किसनले ३१ तथा कप्तान रोहित शर्माले २९ रन जोडे। 

गुजरात टाइटन्सले पावरप्लेमा एक विकेट लिन सकेन । तर सातौं ओभरमा राशिद खानले टोलीलाई दुई सफलता दिलाएका थिए। मोहित शर्माले एक विकेट लिए। 

उनले इनिङ्सको १७औं ओभरमा नेहल बढेरालाई आउट गरेपछि टिम डेभिडको विकेट पनि लिए । उनले आफ्नो ४ ओभरको स्पेलमा ३० रन दिएर ४ विकेट लिए पनि मुम्बईले ५ विकेटको क्षतिमा २१८ रन बनाउन सक्यो। 

 

२९ बैशाख, २०८०, २१:४४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।