राजस्थानका जस बटलरलाई आईपीएलले गर्‍यो जरिवाना

राजस्थानका जस बटलरलाई आईपीएलले गर्‍यो जरिवाना

राजस्थान रोयल्सका विकेटकिपर ब्याट्सम्यान जोस बटलरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ।

बटलरले आईपीएल आचारसंहिता धारा २.२ अन्तर्गतको नियम उल्लंघन गरेको आरोप लगाइएको हो। 

आईपीएलअन्तर्गत बिहीबार राति इडेन गार्डेन स्टेडियममा भएको खेलमा भएको ५६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई राजस्थानले ९ विकेटले पराजित गरेको थियो। उक्त खेलमा ३ बलको सामना गरेका उनी शून्य रनमै आउट भएका थिए। 

उक्त खेलमा कोलकाताले दिएको लक्ष्य पछ्याउन राजस्थानाको टोली मैदानमा उत्रिएको थियो। रन बटुल्ने क्रममा बटलर रन आउट भएका थिए। आन्द्रे रसेलले उनलाई रन आउट गरेका थिए। 

आउट भएपछि बटलर मैदानबाट बाहिर निस्कँदै गर्दा उनले आक्रोशित हुँदै आफ्नो ब्याटले बाउन्ड्रीमा रहेको डोरीलाई हिर्काएका थिए। जसका कारण उनलाई आईपीएलले जरिवाना गरेको हो। 

बटलरलाई आईपीएलको गभर्निङ काउन्सिलले नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको हो।

आईपीएलले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'बटलरले आईपीएल आचारसंहिताको अनुच्छेद २.२ अन्तर्गत नियमहरू उल्लङ्घन गरे।'

आईपीएलको नियमअनुसार यसखाले गतिविधि गरे खेलाडीलाई दोषी ठहर्याइने गरिन्छ। 

बटलरले यो सिजन १२ खेलमा ३९२ रन बनाएका छन्।

२९ बैशाख, २०८०, १५:२४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।