दुई ब्याटर चम्किएपछि ४१ बल बाँकी छँदै राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

दुई ब्याटर चम्किएपछि ४१ बल बाँकी छँदै राजस्थानले कोलकातालाई ९ विकेटले हरायो

यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गरेको खेलमा राजस्थानले कोलकातामाथि ९ विकेटको फराकिलो जित निकालेको छ। 

कोलकाताले दिएको १५० रनको लक्ष्य राजस्थानले मात्र १३.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो।  

जैसवालले आज मात्र १३ बलमा अर्धशतक बनाए। यो आईपीएल इतिहासकै सबैभन्दा छिटो अर्धशतक रह्यो। उनले ४७ बलमा ९८ रन बनाए। त्यस्तै सन्जु स्यामसनले २९ बलमा ४८ रन बनाए। उनीहरू नटआउट रहे। 

यसअघि इडेन गार्डेन स्टेडियममा कोलकाता टस हारेर ब्याटिङमा उत्रिएको थियो। उसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो।  

यो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । योसँगै कोलकाताको प्लेअफमा पुग्न कठिनाइ बढेको छ ।

२८ बैशाख, २०८०, २३:०७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।