राजस्थानका यशस्वी जैसवालले आईपीएलमा बनाए कीर्तिमान, १३ बलमै अर्धशतक

राजस्थानका यशस्वी जैसवालले आईपीएलमा बनाए कीर्तिमान, १३ बलमै अर्धशतक

जारी आईपीएलमा राजस्थानका यशस्वी जैसवालले नयाँ कीर्तिमान बनाएका छन्। 

बिहीबार इडेन गार्डेन स्टेडियममा कोलकाताविरुद्ध ब्याटिङ गर्ने क्रममा उनले मात्र १३ बलमा अर्धशतक बनाए। यस क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे। 

पहिलो ओभरमा बलिङ गर्न आएका नितिश रानाको बलमा उनले सुरुदेखि नै छक्का चौका बर्साएका थिए। उनले पहिलो ओभरमै २६ रन जोडेका थिए। तर जस बट्लर भने ३ बल खेल्दै विनारन आउट भए। 

कोलकाताको इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको हो ।

कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो। 

आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान यसअघि केएल राहुल र प्याट कमिन्सनको संयुक्त नाममा थियो। उनीहरूले मात्र १४ बलमा अर्धशतक पूरा गरेका थिए। राहुलले १४ बलमा ५१ र कमिन्सनले समान बलमा ५६ रन बनाएको इतिहास थियो। 

२८ बैशाख, २०८०, २२:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।