आईपीएलमा नयाँ कीर्तिमान, १३ बलमा बन्यो अर्धशतक

आईपीएलमा नयाँ कीर्तिमान, १३ बलमा बन्यो अर्धशतक

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमा यशश्वी जयसवालले बिहीबारको खेलमा कीर्तिमानी इनिङ खेलेका छन्।

उनले कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमा अर्धशतक प्रहार गर्दै कीर्तिमानी इनिङ कायम गरेका हुन्। अर्धशतक बनाउने क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे। उनी अझै पनि क्रिजमा रहेर खेलिरहेका छन्।

यसअघि २०१८ मा केएल राहुल र २०२२ मा प्याट कमिन्सले १४ बलमा अर्धशतक बनाएका थिए। यो नै आईपीएल इतिकासको अहिलेसम्मकै छिटो अर्धशतक थियो।

२८ बैशाख, २०८०, २२:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।