यौन शोषण आरोपित डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

यौन शोषण आरोपित डोनाल्ड ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि म्यागजिन लेखिका ई जीन क्यारोलले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

न्युयोर्कमा ९ सदस्यीय निर्णायक मण्डलले ट्रम्पलाई यौन उत्पीडन र मानहानिको दोषी ठहर गरेको छ।

यसपछि ट्रम्पले क्यारोललाई ५० लाख क्षतिपूर्ति दिनुपर्नेछ। सुनुवाइपछि मंगलबार राति न्युयोर्कको संघीय अदालतले यो निर्णय दिएको हो ।

तर ट्रम्पले क्यारोललाई बलात्कार गरेको अदालतले स्वीकार गरेका छैनन् ।

क्यारोलले सन् २०१९ मा पूर्वअमेरिकी राष्ट्रपतिले सन् १९९६ मा म्यानहट्टन डिपार्टमेन्ट स्टोरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

ट्रम्पले यी आरोपलाई ठाडै अस्वीकार गरेका छन् । आफूले क्यारोललाई नभेटेको र नचिनेको बताएका छन्। क्यारोलले आफ्नो किताब बेच्न झूटो कथा बनाइरहेको उनको दाबी छ। 

अदालतको फैसलापछि ट्रम्पको बयान बाहिर आएको हो । ट्रम्पले यसलाई सबैभन्दा ठूलो षड्यन्त्र भनेका छन्। 

२७ बैशाख, २०८०, १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।