युक्रेनलाई ६१ बिलियन सहयोग गर्ने प्याकेज अमेरिकी संसद्बाट​​​​​​​ पारित

युक्रेनलाई ६१ बिलियन सहयोग गर्ने प्याकेज अमेरिकी संसद्बाट​​​​​​​ पारित

एजेन्सी : युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसद्बाट पारित भएको छ। 

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो। 

संसद्ले युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज अनुमोदन गरेको छ। 

त्यस्तै, संसद्ले इजरायल र अन्य देशहरूका लागि समेत सहायता प्याकेज पारित गरेको समाचार संस्थाहरूले जनाएका छन्। राष्ट्रपति जो बाइडेनले सार्वजनिक अपिल गरेको दुई दिनपछि अमेरिकी संसद्को तल्लो सदनले मानवीय सहायता प्याकेज पारित गरेको हो। 

सदनले युद्धग्रस्त गाजा र इजरायलका मानिसहरूलाई सहयोग गर्न २६ अर्ब डलरको प्याकेज स्वीकृत गरेको छ।

९ बैशाख, २०८१, ०९:३८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।