आईपीएलमा चेन्नईले टस जित्यो

आईपीएलमा चेन्नईले टस जित्यो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबारको खेलमा चेन्नईले टस जितेको छ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दैछन्। चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

चेन्नई अंक तालिकाको दोस्रो स्थानमा छ। उसले ११ मध्ये ६ खेल जितेको छ। 

दिल्लीले भने १० मध्ये चार खेल मात्र जितेको छ। पछिल्ला पाँच खेलमा दिल्लीले यस सिजनका चारवटै जित हात पारेको छ। यसले दिल्ली आत्मविश्वासका साथ मैदान उत्रँदैछ।

२७ बैशाख, २०८०, १९:३५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।