थप ५१ जनामा कोरोना संक्रमण, १ जना भेन्टिलेटरमा

थप ५१ जनामा कोरोना संक्रमण, १ जना भेन्टिलेटरमा

काठमाडौं : नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५१ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा २६ जना संक्रमणमुक्त हुँदा ५२ हजार १२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या १४७ छ। जसमध्ये ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन्।

अहिलेसम्म देशभर कोरोनाबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने १० लाख ३ हजार १५७ जना संक्रमित भइसकेका छन्।

२६ बैशाख, २०८०, १६:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।