नेपालगञ्ज नाकामा कोरोना संक्रमित फेला पर्न थालेपछि बढाइयो सतर्कता

नेपालगञ्ज नाकामा कोरोना संक्रमित फेला पर्न थालेपछि बढाइयो सतर्कता

नेपालगञ्ज : नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ। भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पुष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ।

सुरुमा कोरोना माहामारी फैलिँदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो। हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन्। गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिइने गरेको छ। तर नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ।

२५ बैशाख, २०८०, १४:०४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।