विराट कोहली बने आईपीएलमा ७ हजार रन पूरा गर्ने पहिलो खेलाडी

विराट कोहली बने आईपीएलमा ७ हजार रन पूरा गर्ने पहिलो खेलाडी

विराट कोहलीले आईपीएल करिअरमा ७ हजार रन पूरा गरेका छन्। 

शनिबार राति जारी आईपीएलको ५० औं खेलमा कोहलीले ५५ रन बनाएसँगै उनले आईपीएल करिअरमा ७ हजार ४३ रनको आँकडा पूरा गरेका हुन्। 

विराटले आज अर्धशतक पनि पूरा गरेका छन्। उनी ४६ बलमा ५५ रन बनाउँदै क्याच आउट भए। 

अरुन जेट्ली स्टेडियममा टस जितेर रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली क्यापिटलविरुद्ध ब्याटिङ गरिरहेको छ। 

यो सिजन बेंग्लोरका कोहलीले उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। उनले आजको अर्धशतकसँगै आईपीएलमा आफ्नो ५० औं अर्धशतक पनि पार गरेका छन्। 

यस्तै आईपीएलमा सर्वाधिक दोस्रो रन शिखर धवनले बनाएका छन् भने तेस्रो स्थानमा डेविड वार्नर छन्।  

२३ बैशाख, २०८०, २१:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।