आईपीएल : चेन्नईले मुम्बईलाई हरायो

आईपीएल : चेन्नईले मुम्बईलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ।

मुम्बईले दिएको १४० रनको लक्ष्य चेन्नईले ४ विकेट गुमार १४ बल बाँकी छँदा पूरा गर्यो।

चेन्नईको जितमा देवन कनवेले ४४, ऋतुराज गैकवाडले ३०, शिवम दुवेले अविजित २६, अजिन्क्या रहानेले २१ र अम्बाती रायडुले १२ रनको योगदान गरे।

कप्तान महेन्द्र सिंह धोनी २ रनमा अविजित गरे। बलिङतर्फ मुम्बईका पियुष चावलाले २ तथा तिर्सन स्तुवास र आकाश माधवलले १र१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडेको थियो। उसका नेहाल वाधेराले ६४, सूर्यकुमार यादवले २६ र तिर्सन स्तुवासले २० रनको योगदान गरेका थिए।

बलिङतर्फ चेन्नईका माथिसा पथिरानाले ३, दिपक चहार र तुसहार देशपाण्डेले २–२ र रवीन्द्र जडेजाले १ विकेट लिएका थिए।

जितपछि ११ खेलबाट १३ अंक जोडेको चेन्नई दोस्रो स्थानमा पुगेको छ। १० खेलबाट १० अंक नै रहेको मुम्बई छैठौं स्थानमा छ।

२३ बैशाख, २०८०, २०:०६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।