कोरोना अब महामारी रहेन, विश्वव्यापी स्वास्थ्य संकटकाल सकियो : डब्ल्यूएचओ

कोरोना अब महामारी रहेन, विश्वव्यापी स्वास्थ्य संकटकाल सकियो : डब्ल्यूएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ।

कोभिड–१९ को स्वास्थ्य संकटकाल हटेसँगै डब्ल्यूएचओले तीन वर्षपछि कोरोना अब महामारीको रुपमा नरहेको पनि  जानकारी गराएको हो।

अब कोभिड–१९ संक्रमण रोकथामका लागि अपनाइने गरेको उच्च सतर्कता अपनाउन नपर्ने भएको छ।

सुरुमा  चीनको वुहान शहरमा देखिएको यस कोरोना भाइरस विश्वभर नै फैलँदा महामारीको रुप लिएको थियो। जसको नियन्त्रणका लागि डब्ल्यूएचओ स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।

डब्ल्यूएचओको आधिकारीक तथ्यांक अनुसार कोभिड–१९ संक्रमणबाट यस अवधिमा विश्वभर ७० लाख मानिसले ज्यान गुमाएका छन्।

२३ बैशाख, २०८०, ०७:४२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।