११९ रनको लक्ष्य गुजरातले मात्र १ विकेट गुमाएर भेट्टायो, हार्दिकको विष्फोटक ब्याटिङ

११९ रनको लक्ष्य गुजरातले मात्र १ विकेट गुमाएर भेट्टायो, हार्दिकको विष्फोटक ब्याटिङ

जारी आईपीएलको ४८ खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ९ विकेटको शानदार जित निकालेको छ। 

११८ रनको सामान्य लक्ष्य गुजरातले मात्र १ विकेट गुमाउँदै १३.५ ओभरमा भेट्टायो।

यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थान पूरा ओभर पनि टिक्न सकेन। राजस्थान मात्र १७.५ ओभरमा अलआउट भएको थियो। 

गुजरातको जितमा ऋद्धिमान साहाले ३९ रन बनाए भने शुभमन गिल ३५ बलमा ३६ रन बनाएर आउट भए। त्यस्तै कप्तान हार्दिक पाण्ड्याले १५ बलमा ३९ रन बनाए। 

अघिल्लो संस्करणमा राजस्थानले गुजरातसँगै फाइनलमा हार बेहोरेको थियो। 

आजको खेलमा राजस्थानलाई सस्तैमा समेट्न अफगानिस्तान राशिद खानले घातक बलिङ गरे। ४ ओभर गरेका उनले मात्र १४ रन दिएर ३ विकेट लिए। त्यस्तै नुर अहमदले २ विकेट लिए। 

इन्दुरमा भएको खेलमा आज राजस्थानका सन्जु सामसनले सर्वाधिक ३० रन बनाए भने अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। आज जस बट्लर मात्र ८ रन बनाएर आउट भने ओपनर यशश्वी जैसवाल १४ रनमै आउट भएका थिए। 

जितसँगै गुजरातले १० खेलबाट १४ अंक बनाएको छ भने ऊ शीर्ष स्थानमा छ। उसले मात्र ३ खेलमा हार बेहोरेको छ। 

राजस्थानले भने पछिल्ला ५ मध्ये ३ खेलमा पराजय भोगेको छ। 

२२ बैशाख, २०८०, २२:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।