ब्याटिङ रोजेको राजस्थान पूरा ओभर पनि टिकेन, ११८ रनमै प्याक

ब्याटिङ रोजेको राजस्थान पूरा ओभर पनि टिकेन, ११८ रनमै प्याक

जारी आईपीएलको ४८ खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई मात्र ११९ रनको लक्ष्य दिएको छ। 

टस जितेर ब्याटिङ रोजेको राजस्थान पूरा ओभर पनि टिक्न सकेन। राजस्थान मात्र १७.५ ओभरमा अलआउट भयो। 

अघिल्लो संस्करणमा राजस्थानले गुजरातसँगै फाइनलमा हार बेहोरेको थियो। 

आजको खेलमा राजस्थानलाई सस्तैमा समेट्न अफगानिस्तान राशिद खानले घातक बलिङ गरे। ४ ओभर गरेका उनले मात्र १४ रन दिएर ३ विकेट लिए। त्यस्तै नुर अहमदले २ विकेट लिए। 

इन्दुरमा भएको खेलमा आज राजस्थानका सन्जु सामसनले सर्वाधिक ३० रन बनाए भने अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। आज जस बट्लर मात्र ८ रन बनाएर आउट भने ओपनर यशश्वी जैसवाल १४ रनमै आउट भए। 

२२ बैशाख, २०८०, २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।