ब्याटिङ रोजेको दिल्लीले बनायो १३१ रन, गुजरातका मोहम्मद शामीले लिए ४ विकेट

ब्याटिङ रोजेको दिल्लीले बनायो १३१ रन, गुजरातका मोहम्मद शामीले लिए ४ विकेट

आईपीएलअन्तर्गत ४४ औं खेलमा दिल्ली क्यापिटलले गुजरात टाइटन्सलाई जितका लागि १३१ रनको सामान्य लक्ष्य दिएको छ। 

नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले पूरा ओभर खेल्दै मात्र १३० रन बनाउन सक्यो। 

आज दिल्लीका अमन हकिम खानले अर्धशतक पार गर्नु शिवाय अन्य ब्याटरले गतिलो रन बनाउन सकेनन्। ओपनर फिल साल्ट गोल्डेन डगआउट भएका थिए। 

आज डेविड वार्नर २ बलमा २ रन बनाएर आउट भए। 

दिल्लीलाई सस्तैमा समेट्न गुजरातका मोहम्मद सामीले ४ विकेट लिए। ४ ओभर गरेका उनले मात्र ११ रन दिए। यस्तै मोहित शर्माले २ विकेट लिए। 

जारी आईपीएलको अंक तालिकामा दिल्ली पुछारमा छ। उसले ८ खेलमा मात्र २ मा जित निकालेको छ। 

१९ बैशाख, २०८०, २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।