खेल चलिरहँदा विराट कोहली र गौतम गम्भीरबीच किन भयो झगडा ?

खेल चलिरहँदा विराट कोहली र गौतम गम्भीरबीच किन भयो झगडा ?

लखनउमा सोमबार भएको आईपीएल खेलमा विराट कोहली र गौतम गम्भीरबीच झगडा भएको छ।

दुवैले एक अर्काका अगाडि उभिएर पाँच मिनेटजति चर्को बहस गरेका थिए।

उनीहरूबीच यति धेरै विवाद भयो कि लखनऊका कप्तान केएल राहुल र सिनियर खेलाडी अमित मिश्राले हस्तक्षेप नै गर्नुपरेको थियो। यसपछि पनि कोहली र गम्भीर एकअर्कासँग रिसाइरहेका थिए।

यसअघि सन् २०१३ मा पनि यी दुईबीच चर्को बहस भएको थियो ।

खेलको क्रममा विराटले नवीन उल हकलाई जुत्ता देखाएर स्लेज पनि गरेका थिए । विवादपछि लखनऊका प्रशिक्षक गौतम र बेंग्लोरका पूर्वकप्तान कोहलीलाई आईपीएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा खेल शुल्कको १०० प्रतिशत जरिवाना गरिएको छ ।

लखनऊका बलर नवीनलाई पनि म्याच फीको ५० प्रतिशत जरिवाना गरिएको छ । कोहली र नवीनले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

भएको के थियो ?

लखनउको टोली ब्याटिङ गरिरहेको थियो । खेलको चौथो ओभर थियो । क्रुणाल पाण्डेय र आयुष बडोनी ब्याटिङ गरिरहेका थिए ।

ग्लेन म्याक्सवेलको तेस्रो बलमा पाण्ड्याले लामो शट प्रहार गरे। अर्कोतर्फ विराटले क्याच लिए । यो खुसी मनाउँदै विराटले स्ट्यान्डतर्फ हेरेर छाती ठोके । यसपछि उनले मुखमा औंला राखेर संकेत गरेका थिए ।

गौतम डगआउटमा बसेर यो सब हेर्दै थिए । 

त्यसपछि विराट स्टम्पको पछाडिबाट दौडिँदै आएर नवीनलाई केही इसारा गरेका थिए।

यसैमा नवीन पनि उनको नजिक आए र दुईबीच झगडा सुरु भएको थियो। 

त्यसपछि पनि लखनउको इनिङ्सको १७ औं ओभरमा विराट स्टम्पको पछाडिबाट दौडिए र नवीन उल हकलाई देखेर केही इशारा गरे । यसैमा नवीन पनि उनको नजिक आए र दुईबीच झगडा सुरु भएको थियो ।

बेंग्लोरका दिनेश कार्तिक र अम्पायर आएर दुवैलाई अलग गरेका थिए । यसैबीच विराटले आफ्नो जुत्ता देखाएर नवीनलाई स्लेजिङ गरेका छन् ।

उक्त खेल बेंग्लोरले १८ रनले जितेको थियो। 

१९ बैशाख, २०८०, १२:१०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।