बेंग्लोरको रोमाञ्चक जित, १२६ रनको लक्ष्य पछ्याएको लखनऊ १०८ मै अलआउट

बेंग्लोरको रोमाञ्चक जित, १२६ रनको लक्ष्य पछ्याएको लखनऊ १०८ मै अलआउट

एकपछि अर्को गर्दै लगातार विकेट गुमाएको लखनऊ सुपर जाइन्टसले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध १८ रनको हार बेहोरेको छ। 

सोमबार राति सकिएको खेलमा टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले पूरा ओभरमा मात्र १२६ रन बनाएको थियो। तर निकै कमजोर लक्ष्य पछ्याएको लखनऊ एक बल बाँकी छँदै १०८ रनमा अलआउट भयो। 

लखनऊका लागि कृष्नप्पा गोथमले सर्वाधिक २३ रन बनाउनुशिवाय अन्य ब्याटरले खासै गतिलो प्रदर्शन गरेनन्।

खाता नखोली विकेट गुमाएको लखनऊलाई सस्तैमा समेट्न बेंग्लोरका मोहम्मद सिराज, ग्लेन म्याक्सवेल, वेनंगु हसरंगाले समान १/१ विकेट लिए भने कर्न शर्मा र जोस हेजलवुडले समान २/२ विकेट लिए।

जितपछि बेंग्लोरको १० अंक भएको छ। यो सिजनमा ९ खेल खेलेको उसको यो पाँचौँ जित हो।  

लखनउमाथि बेंगलोरुको यो तेस्रो जित हो। यी दुईबीच अहिलेसम्म ४ वटा खेल भइसकेका छन् ।

बेंग्लोरले यो सिजन सबैभन्दा सानो स्कोरको रक्षा गर्ने कीर्तिमान पनि बनाएको छ। त्यसअघि गुजरात टाइटन्सले २२ अप्रिलमा लखनउविरुद्ध १३५ रनको स्कोर रक्षा गरेको थियो।

१८ बैशाख, २०८०, २३:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।