लखनऊको घातक बलिङसामु चलेनन् बेंग्लोरका ब्याटर, मात्र १२७ रनको लक्ष्य

लखनऊको घातक बलिङसामु चलेनन् बेंग्लोरका ब्याटर, मात्र १२७ रनको लक्ष्य

उत्कृष्ट ब्याटरहरूले भरिएको रोयल च्यालेन्जर्स बेंग्लोरले जारी आईपीएलको ४३ औं खेलमा लखनऊ सुपर जाइन्टसविरुद्ध मात्र १२६ रनको लक्ष्य दिएको छ। 

लखनउको इकाना क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको छ।

कप्तान फाफ डु प्लेसिसले ४४ र विराट कोहलीले ३१ रन बनाए । लखनउका लागि नवीन उल हकले ३ विकेट लिए भने रवि बिश्नोई र अमित मिश्राले समान २-२ विकेट लिए ।कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले बैंगलोरलाई राम्रो सुरुवात दिलाएका थिए । यी दुईले ५४ बलमा ६२ रनको साझेदारी गरेका थिए । तर यो साझेदारीलाई बिश्रोईले तोडे। 

खेलको पहिलो पावरप्लेमा बेंग्लोरका दुवै ओपनरले 'जीवनदान' पाएका थिए । डु प्लेसिस र कोहलीको क्याच स्टोइनिसको इनिङको पहिलो र दोस्रो ओभरमा झरेको थियो । त्यसपछि पनि टिमले ६ ओभरमा ४२ रन मात्र बनाउन सक्यो, तर टिमले विकेट गुमाउन सकेन ।

१८ बैशाख, २०८०, २२:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।