बेंग्लोर र लखनऊबीच वर्षाले प्रभावित खेल पुनः सुरु

बेंग्लोर र लखनऊबीच वर्षाले प्रभावित खेल पुनः सुरु

वर्षाले प्रभावित आईपीएलअन्तर्गत रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जाइन्टबीचको खेल पुनः सुरु भएको छ। 

टस जितेर पहिला ब्याटिङ गरेको बेंग्लोरले १५.२ओभर खेलेपछि पानी पर्दा खेल रोकिएको थियो। 

बेंग्लोरले यो अवस्थामा ९३ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ। आजको खेलमा विराट कोहलीले ३० बलमा मात्र ३१ रन बनाउँदै क्याच आउट हुँदा ११ बलमा मात्र ९ रन बनाएका अनुज रावत पनि क्याच आउट भएका थिए। 

यस्तै ग्लेन म्याक्सवेल पनि ५ बलमा मात्र ४ रन बनाए एलबीडब्ल्यु धरापमा परे। सुयस प्रभुदेशाई पनि ७ बलमा ६ रनमै क्याच आउट भए। 

क्रिजमा फाप डु प्लेसिस र दिनेश कार्तिकले खेलिरहँदा एकना स्पोर्ट सिटीमा वर्षा भएको हो। 

बेंग्लोरले पछिल्लो खेल हारेको थियो भने लखनउले जितेको थियो। आज जित निकाल्न सके लखनउ शीर्ष स्थानमा उक्लिनेछ। 

१८ बैशाख, २०८०, २१:२९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।