लगातार तीन खेल हारेको हैदरावादलाई राहत, दिल्लीविरुद्ध ९ रनको जित

लगातार तीन खेल हारेको हैदरावादलाई राहत, दिल्लीविरुद्ध ९ रनको जित

लगातार दुई खेलमा जित निकालेको दिल्ली क्यापिटलले शनिबार सनराइजर्स हैदरावादसँग भने ९ रनको पराजय भोगेको छ। 

अरुन जेट्ली स्टेडियममा हैदरावादले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले पूरै ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाउन सक्यो। दिल्लीका लागि फिल साल्ट र मिचल मार्सले ११२ रनको साझेदारी गर्नुबाहेक अन्य ब्याटर चल्न सकेनन्। 

साल्टले ३५ बलमा ५९ रन बनाए भने ३९ बलमा ६३ रन जोडे। ओपनर डेविड वार्नर आज दोस्रो बलमै खाता नै नखोली आउट भए। 

हैदरावादका अभिषेक शर्माले आज ३६ बलमा ६७ रन बनाए। हेनरिक क्लिसेनले २७ बलम ५३ रन जोडे। दिल्लीका मिचेल मार्सले ४ विकेट लिए पनि उनको टिमले हार टार्न सकेन। 

लगातार तीन खेलमा पराजय भोगेको हैदरावादलाई यो जितले ठूलो राहत मिलेको छ। उसको ८ खेलबाट ६ अंक भएको छ। 

१६ बैशाख, २०८०, २३:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।