रहमनुल्लाहको आक्रामक ब्याटिङमा कोलकाताले गुजरातलाई दियो १८० रनको लक्ष्य

रहमनुल्लाहको आक्रामक ब्याटिङमा कोलकाताले गुजरातलाई दियो १८० रनको लक्ष्य

कोलकाता नाइटराइडर्सले शनिबारको पहिलो आईपीएलमा गुजरात टाइटन्सविरुद्ध  जितका लागि १ सय ८० रनको लक्ष्य दिएको छ। 

इडेन गार्डेनमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले पूरै ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको छ। 

उसका लागि रहमनुल्लाहले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए। नुर अहमदको बलमा राशिद खानबाट क्याच आउट हुनुअघि उनले ७ छक्का र ५ चौका प्रहार गरे। 

त्यस्तै आन्द्रे रसलले १९ बलमा ३४ रन बनाए भने अन्य ब्याटरले खासै गतिलो प्रदर्शन गर्न सकेनन्।

गुजरातका मोहम्मद सामीले ३ विकेट लिए भने नुर अहमद र जोसुआ लिटलले समान २/२ विकेट लिए। लगातार ४ खेलमा पराजित कोलकाताले यसअघि रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध भने जित निकालेको थियो। 

गुजरात भने लगातार तेस्रो जितको खोजीमा हुनेछ। 

आजै हुने अर्को खेलमा पुछारको दिल्ली क्यापिटलले आफूभन्दा एक स्थान माथिको सनराइजर्स हैदरावादविरुद्ध खेल्नेछ।

१६ बैशाख, २०८०, १८:२४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।