फैलिँदै कोरोना संक्रमणः १ जनाको मृत्यु, १११ जना संक्रमित थपिए

फैलिँदै कोरोना संक्रमणः १ जनाको मृत्यु, १११ जना संक्रमित थपिए

काठमाडौँः बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ संक्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमुना परीक्षणबाट एक सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा अहिले कोरोना संक्रमितको संख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा ६ जना बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी छन् ।

परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्ध खोप लगाउनेको संख्यासमेत बढ्न थालेको छ ।

उनले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रहसमेत गरे। 

१४ बैशाख, २०८०, १७:४५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।