बारामा उपेन्द्र र शिवचन्द्रबीच २८ सय १७ को मतान्तर

बारामा उपेन्द्र र शिवचन्द्रबीच २८ सय १७ को मतान्तर

बाराः प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना जारी छ।

यहाँ उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यावदले अग्रता बनाए पनि जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाइरहेका छन्। 

प्राप्त पछिल्लो मतपरिणामअनुसार यादवले २२ हजार ९६ मत पाउँदा जनमतका कुशवाहाले १९ हजार २७९ मत पाएका छन्।

यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ३५४, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६०० र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ३०८ मत ल्याएका छन्।

आइतबार भएको निर्वाचनमा यहाँका ५ वटा स्थानीय तहको ४४ वटा वडामा ६९ हजार १ सय ७ मत खसेको थियो।

१२ बैशाख, २०८०, २२:४६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।