बढ्न थाल्यो कोरोना संक्रमण, आज थपिए १३६ नयाँ संक्रमित

बढ्न थाल्यो कोरोना संक्रमण, आज थपिए १३६ नयाँ संक्रमित

काठमाडौं : कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार ५९१ जनामा गरिएको परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ। हिजो ११३ जनामा संक्रमण फेला परेको थियो।

मन्त्रालयका अनुसार हाल आइसोलेसनमा २७ जना, आईसीयूमा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन्। 

त्यसैगरी आज ६४ जना कोरोनाको उपचारपछि घर फर्किएका छन्।

१२ बैशाख, २०८०, १८:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।