उपेन्द्रसँग झण्डै पाँच हजार मतले पछि परे जनमतका शिवचन्द्र

उपेन्द्रसँग झण्डै पाँच हजार मतले पछि परे जनमतका शिवचन्द्र

बारामा जसपा अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। 

ताजा मतपरिणाअनुसार हालसम्म ३३ हजार ६३७ मत गनिएको छ। जहाँ यादवले १४ हजार ५ सय ४३ मत पाएका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार ७ सय ८० मत पाएका छन्। 

यादव कुशवाहभन्दा ४ हजार ७ सय ८० मतले अघि देखिएका छन्। 

त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ८ सय ५० मत पाएका छन्। 

रास्वपाका रमेश खरेलले भने २ हजार ५९ मत ल्याएका छन्। 

बारा- २ मा आइतवार भएको निर्वाचनमा ५ वटा स्थानीय तहको ४४ वटा वडामा ६९ हजार १ सय ७ मत खसेको थियो।

हालसम्म करैयामाई, सुर्वण गाउँपालिका, कोहल्वी नगरपालिका-८ को गणना सकिएको छ भने देवताल,महागढीमाई नगरपालिका गणना भइरहेको छ ।

हालसम्म भएको मतगणनामा ४ सय ५९ मत बदर भएको  छ ।

१२ बैशाख, २०८०, १३:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।