स्वर्णिमले ल्याए ७२९३ मत, गोविन्द ४ हजार मतान्तरले पछाडि

स्वर्णिमले ल्याए ७२९३ मत, गोविन्द ४ हजार मतान्तरले पछाडि

काठमाडौं : तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिमा वाग्लेले ७ हजार २९३ मत पाएका छन्।

१३ हजार ६५ मत गन्दा स्वर्णिमले ७ हजार २९३ मत पाएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा उनी ४ हजार ५९ मतान्तरले अगाडि देखिएका छन्।

कांग्रेसका भट्टराईले ३ हजार २३४ मत प्राप्त गरेका छन्। त्यसैगरी एमालेका सर्वेन्द्र खनाल उपनिर्वाचनको यो दौडमा तेस्रो स्थानमा छन्। उनले २ हजार १३४ मत ल्याएका छन्।

मतगणना अहिले पनि जारी छ।

११ बैशाख, २०८०, ०७:५३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।