प्रहरी हिरासत छल्न अस्पताल बस्ने विकृति रोक्न गृहको तीन बुँदे निर्देशन

प्रहरी हिरासत छल्न अस्पताल बस्ने विकृति रोक्न गृहको तीन बुँदे निर्देशन

काठमाडौँ : प्रहरी अनुसन्धानकाक्रममा पक्राउ परेका आरोपीले स्वास्थ्यको कारण देखाउँदै हिरासत छल्नेक्रम बढेपछि यसलाई रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ।

मन्त्रालयले समस्या समाधान गर्न चैत १३ गते मेडिकल काउन्सिललाई अध्ययन गरेर प्रतिवेदन बुझाउन अनुरोध गरेको थियो। काउन्सिलबाट प्राप्त प्रतिवेदनका आधारमा मन्त्रालयले सोमबार तीन बुँदे निर्देशन दिएको हो।

सो निर्देशनमा दीर्घ रोगीलाई मात्रै अस्पतालमा राख्न भनिएको छ। अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन दोस्रो बुँदामा भनिएको छ।

अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउनुपर्ने समेत निर्देशमा भनिएको छ।  

२४ बैशाख, २०८१, १७:०५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।