तनहुँ–१ मा स्वर्णिमा वाग्लेको ३२ सय मतको अग्रता

तनहुँ–१ मा स्वर्णिमा वाग्लेको ३२ सय मतको अग्रता

काठमाडौं : तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले ३२ सय मतले आगाडि देखिएका छन्।

करिब ११ हजार मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा ३२ सय मतले अगाडि देखिएका हुन्।

वाग्लेले ५ हजार ९०० मत ल्याउँदा भट्टराईले २ हजार ६८७ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ६५७ मत प्राप्त गरेका छन्। 

आइतबार भएको उपनिर्वाचनमा त्यहाँ ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। २ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।

तनहुँ १ मा विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

११ बैशाख, २०८०, ०७:०६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।