उग्र समर्थक धान्न रविलाई धौधौ, मतगणना स्थलमा पनि लफडा

उग्र समर्थक धान्न रविलाई धौधौ, मतगणना स्थलमा पनि लफडा

चितवन: मतदान स्थलमा आचारसंहिता विपरीत नाराबाजी गर्दा समस्यामा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले मतगणनास्थलमा पनि चर्को नाराबाजी गरे।

रवि लामिछाने आफै बाहिर आएर आग्रह गर्दा पनि टेरेनन्। उनले दिउसकै घटनाले समस्यामा परेको भन्दै आफूलाई माया गर्ने भए नाराबाजी नगर्न आग्रह गरे। बाहिर उनको पक्षमा नारा लागिरह्यो।

दिउस नयाँ किरण माविमा मतदान भइरहेको बेलामा रविको पक्षमा नारा लाग्दा झडपै भएको थियो।  अन्य दलका समर्थकले निर्वाचन संहिताविपरित नारा लगाएको भनेर आपत्ति जनाउँदा मतदानै रोकियो। रास्वपाले लिखित माफी मागेपछि मात्रै मतदान अघि बढेको थियो।

भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा मतगणना सुरु भइरहेको छ। त्यही बेलामा रविका कार्यकर्ताले बाहिर नाराबाजी गरे। अन्य दलका प्रतिनिधिले आपत्ति जनाएपछि रवि मतगणनास्थलको गेटमा आएर नारा नलगाउन आग्रह गरे। तर नाराबाजी रोकिएन। उनले हात जोडेर 'मलाई अप्ठ्यारोमा नपार्नू, माया गर्ने भए नाराबाजी नगर्नू' भने तर नाराबाजी रोकिएन।

उनले दिउसको प्रसङ्गमा 'तपाईँहरूको नाराबाजीले मलाई अहिले नै समस्यामा पारिसकेको छ' भने। नाराबाजी थामिएन।

१० बैशाख, २०८०, २२:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।