आचारसंहिता उलङ्घनमा रास्वपाले माफी मागेपछि भरतपुरमा रोकिएको मतदान सुरु भयो

आचारसंहिता उलङ्घनमा रास्वपाले माफी मागेपछि भरतपुरमा रोकिएको मतदान सुरु भयो

चितवन : मतदानस्थल वरपर घण्टी बजाउने, पार्टीको पक्षमा नाराबाजी गर्ने कामप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले माफी मागेपछि चितवन-२ को नयाँ किरण कमलकुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा मतदान सुरु भएको छ।

रास्वपाका कार्यकर्ताले आचारसंहिता उल्लङ्घन गरेपछि अन्य दलका प्रतिनिधिले विरोध गरेका थिए। अवस्था तनावपूर्ण बनेपछि मतदानै रोकिएको थियो। सर्वदलीय बैठकमा रास्वपाका प्रतिनिधी कृष्णहरि पौडेलले क्षमा मागेपछि अन्य दलका प्रतिनिधिहरू मतदान सुरु गर्न राजी भएका हुन्।

दलहरूबिच आचारसंहिता उलङ्घन गर्ने गतिविधि भएकोमा रास्वपाले माफी माग्ने, तीन सय मिटर वरपर सुरक्षा प्रबन्ध गर्ने र संहिता उलङ्घनबारे मुख्य निर्वाचन कार्यालयलाई जानकारी दिने सहमति भएको थियो।

 

१० बैशाख, २०८०, १५:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।