सरकारी गाडी र सुरक्षाकर्मीसहित मतदान केन्द्रमा जाँदा मुख्यमन्त्रीलाई स्पष्टीकरण पत्र

सरकारी गाडी र सुरक्षाकर्मीसहित मतदान केन्द्रमा जाँदा मुख्यमन्त्रीलाई स्पष्टीकरण पत्र

काठमाडौँ : मतदानस्थलमा सुरक्षाकर्मी र सरकारी गाडीमा गएका मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

बारा-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना कार्य गरेको र त्यो कार्य निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधेको हो।

उनलाई आयोगले त्यहाँ जानुको कारण खुलाउन भनेको छ।

आयोगले त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? सो कामले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलङ्घन हुन्छ, हुँदैन भनेर सोधेको हो।

'निर्वाचन आचारसंहिता उलङ्घन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?' पत्रमा भनिएको छ।

यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

१० बैशाख, २०८०, १५:०२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।