बाँकेमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

बाँकेमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल लगिएका उनमा वैशाख १ गते संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए।

दमको समस्या रहेको बिरामीलाई एक सातादेखि उपचार भइरहेको थियो।

९ बैशाख, २०८०, १४:४१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।