विश्वकप प्लेअफमा क्यानडा र नामिबिया विजयी, क्यानडा शीर्षस्थानमा

विश्वकप प्लेअफमा क्यानडा र नामिबिया विजयी, क्यानडा शीर्षस्थानमा

काठमाडौं : नामिबियामा जारी विश्वकप क्वालिफायर प्लेअफको बुधबार भएको खेलमा क्यानडा र नामिबिया विजयी भएका छन्।

बुधबार भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा नामिबियाले पिएनजीलाई पराजित गरेर दोस्रो जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९.४ ओभरमा १९८ रन बनाएको थियो। उसका लागि एरोन जोनसोनले ४७ रन बनाउँदा हर्स थकेरले ४३ रन बनाए।

जवाफमा अमेरिका १७२ रनमै समेटियो। उसका लागि ‌ओपनर सुशान्त मोडानीको ६४ रन सर्वाधिक रह्यो। उनीबाहेक नोथुस केजिङ्गेको २८ रन जोडे।

त्यस्तै, हाइस्कोरिङ अर्को खेलमा नामिबियाले आफ्नो एकदिवसीय अन्तराष्ट्रियकै कीर्तिमानी ३ सय ८१ रनको स्कोर बनायो।

उसका लागि कप्तान जेराड एरसमुसले १२५ रनको शतकीय इनिङ खेल्दा निकोलास डभिनले ९० रन बनाए। त्यस्तै जन निकोल लोटाइ एस्टोनले ६१ रन बनाएका थिए।

जवाफमा पिएनजीले पनि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको कीर्तिमानी स्कोर बनायो। यद्यपि हार भने टार्न सकेन।

पिएनजीले चार्ल्स अमिनीको १०९ रनको शतकीय इनिङ खेल्दा सेसे बउले ५४ तथा असद भालाले ५७ रन बनाए।

दुई खेलाडीको अर्धशतक तथा अमिनीको शतकमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियको सर्वाधिक उच्च ३३३ रन बनायो। ४६.२ ओभरमा अलआउट भएको थियो।

लिगको अङ्क तालिकामा क्यानडा २ खेलमा दुईमै जित निकाल्दै शीर्ष स्थानमा रहँदा अमेरिका युएई र नामिबियाले समान १-१ खेलमा जित निकाले।

अङ्क तालिकाको शीर्ष २ मा रहने टिमले विश्वकप क्वालिफायरमा स्थान बनाउनेछन्।

१६ चैत, २०७९, ०७:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।