न्यूजिल्याण्डसँग लगातार दोस्रो टी२० खेल हारेपछि के भन्छन् बाबर?

न्यूजिल्याण्डसँग लगातार दोस्रो टी२० खेल हारेपछि के भन्छन् बाबर?

एजेन्सी : न्यूजिल्याण्डसँगको पाँच खेलको टी-२० सिरिजमा लगातार दोस्रो पराजित भएको छ।

पराजित भएपछि पाकिस्तानका कप्तान बाबर आजमले हरेक खेलमा केही नयाँ गर्ने प्रयास गरिरहेको बताएका छन्।

पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ४ रनले पराजित गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो।

जसको जवाफमा पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सकेको थियो। उक्त खेल चार रनले जित्दै न्युजिल्याण्डले सिरिजमा २-१ को अग्रता लिएको छ।

पाँच खेलको सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दोस्रो खेल पाकिस्तानले जितेको थियो भने त्यसपछिका दुवै खेल हारेको हो।

हारपछि बाबर आजमले भने, ‘हामीले पहिलो ६ ओभरमा बढी विकेट गुमायौँ। खेलाडीको चोटका कारण हामीले केही परिवर्तन पनि गर्नुपर्यो। हाम्रो योजना बेन्चस्टेन्थको परीक्षण गर्ने हो।’

‘हामी हरेक खेलमा केही नयाँ गर्ने प्रयास गरिरहेका छौँ। आशा छ, विश्वकप अघि हाम्रो टोली सन्तुलित हुनेछ’, उनले थपे।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपपछि बाबर आजमलाई पाकिस्तानी टोलीको कप्तानबाट हटाइएको थियो। तर, यो सिरिजका लागि बाबर आजमलाई फेरि कप्तान बनाइएको छ।

बाबर आजम जुनमा हुने एकदिवसीय विश्वकपमा पाकिस्तानी टोलीको कमाण्डमा देखिनेछन्।

१४ बैशाख, २०८१, १०:४७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।