स्थानीय वायु र पश्चिमी वायुको प्रभाव, तीन प्रदेशका हल्का वर्षाको सम्भावना

स्थानीय वायु र पश्चिमी वायुको प्रभाव, तीन प्रदेशका हल्का वर्षाको सम्भावना

काठमाडौं : स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण अहिले देशको पहाडी भू–भागहरूमा आँशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

१५ चैत, २०७९, ०८:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।