दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीमा सकरात्मक सर्किट

दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ।

सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ विन्दुमा पुग्दा क वर्गका कम्पनीहरुको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक २.०४ अंकले बढेर ३५८.०३ विन्दुमा छ।

यो दिा माइक्रोफाइनान्स बाहेक अन्य सबै समूहमा हरियाली छाउँदा सबैभन्दा बढि उत्पादन र प्रशोधन समूह बढ्यो। उक्त समूह २.३५ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स ०.५१ प्रतिशतले ऋणात्मक रह्यो।

बजार बढ्दा सोमबार कारोबार १ अर्बभन्दा बढिको भएको छ। यसदिन २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कम्पनीको शेयर किनबेच हुँदा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार रुपैयाँको कारोबार भयो।

सोमबार सुपर मादी जलविद्युत्, एसियन जलविद्युत् र कालिञ्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढि कारोबार भने हिमालयन डिस्टिलरीको भएको छ।

आज १६८ कम्पनीको शेयर उकालो लाग्दा ४४ कम्पनीको ओरालो लाग्यो भने ४ कम्पनीको शेयर स्थिर रहे।

१३ चैत, २०७९, १५:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।