लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौं : लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ। 

काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाको वडा नम्बर २, बालकोटमा स्थानान्तरण गरिएको छ। त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकाको वडा -८ बोडेमा स्थानान्तरण भएको बैंकले जनाएको छ। 

स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने जनाइएको छ। 

हाल यस बैंकको ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।

१३ बैशाख, २०८१, २०:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।