तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमडौं : बुधबार दिउँसो तीन प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।

माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

८ चैत, २०७९, ०७:५१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।