अम्बानी परिवारलाई विदेशमा समेत ‘जेड प्लस’ सुरक्षा दिन सर्वोच्चको आदेश

अम्बानी परिवारलाई विदेशमा समेत ‘जेड प्लस’ सुरक्षा दिन सर्वोच्चको आदेश

एजेन्सी : भारतको सर्वोच्च अदालतले प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको परिवारलाई भारत र विदेशमा जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश दिएको छ।

सुरक्षा खर्च अम्बानी परिवारले नै बेहोर्ने छ। सर्वोच्च अदालतको आठ पृष्ठको आदेशमा उल्लेख गरिएको बीबीसीले जनाएको छ। जेड प्लस भारतमा उच्च सुरक्षा स्तर हो।

सर्वोच्च अदालतका न्यायाधीश कृष्ण मुरारीको अध्यक्षतामा रहेको दुई सदस्यीय इजलासले यस्तो आदेश दिएको हो।

सर्वोच्च अदालतले भन्यो, ‘जब मुकेश अम्बानी र उनको परिवारका सदस्यहरू भारतभित्र हुन्छन्, महाराष्ट्र राज्य र गृह मन्त्रालयले यो सुरक्षाको प्रबन्ध गर्नेछ र जब उनीहरू देश बाहिर छन्, गृह मन्त्रालयले उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछ।’

सर्वोच्च अदालतले विकास साहको याचिकाविरुद्ध केन्द्र सरकारको अपिलमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

१७ फागुन, २०७९, ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।