जसपाको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन

जसपाको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन

इटहरी : जनता समाजवादी पार्टी, नेपालको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन्।

प्रदेश कार्यालय इटहरीमा मंगलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो। उनी यसअघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए।

प्रदेश समितिले सोमबार र मंगलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो।

सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरू रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए।

पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरू गठन, पुनर्गठन र अभिलेख सङ्कलनको कार्यलाई तीव्रता दिइएको छ। 

१६ फागुन, २०७९, १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।