ओलीलाई देउवाको पत्र : रामचन्द्र पौडेललाई मत दिनुहोस्

ओलीलाई देउवाको पत्र : रामचन्द्र पौडेललाई मत दिनुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।

सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाएका छन्।  ‘प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान हो’, शर्माले भने।

एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। एमालेले भने कांग्रेसले आफ्नै उम्मेदवार उठाएको भन्दै कांग्रेस बाहेकका दलसँग मत माग्दै पत्राचार गरेको थियो। 

१६ फागुन, २०७९, ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।