सुडान उडे सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, कार्यभार पौडेलले सम्हाल्ने

सुडान उडे सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, कार्यभार पौडेलले सम्हाल्ने

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडान उडेका छन्।

दक्षिणी सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ।

मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरूसँग भेटवार्ता र छलफल गर्ने सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार मिसन थप गरी बढिभन्दा बढि तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखी मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालको जोड दिनेछन्।

सोमबार सुडान उडेका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, लगायत बलका बरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गरे।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नेछन्।

१५ फागुन, २०७९, १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।