फूलबारी : हिन्दी फिल्म 'बागबान'को इमान्दारीपूर्ण चोरी

फूलबारी : हिन्दी फिल्म 'बागबान'को इमान्दारीपूर्ण चोरी

तीन भाइ छोरा। शिक्षण पेशाबाट अवकास प्राप्त बुवा र गृहणी आमा। पछि भित्रिएकी जेठी बुहारी, नातिनी। यिनै सात जनाको पारिवारिक कथावस्तुमा बनेको फिल्म हो 'फूलबारी'।

नेपाली परिवेश र पात्रबाहेक फिल्मको कथा बलिउडको चर्चित फिल्म 'बागबान'बाट उठाइएको छ। यो फिल्मलाई बागबानको नेपाली संस्करण भन्दा फरक पर्दैन। 

'बागबान' शब्दको नेपाली अर्थ हुन्छ- फूलबारीको हेरचाह गर्ने व्यक्ति। कथा मात्र होइन, यी दुई फिल्मको नाम पनि उस्तै छ भन्दा फरक परेन।

तथापि, लेखक तथा निर्देशकले फिल्ममा चोरीको आरोप नखेप्न गरेको चलाखी भने प्रशंसायोग्य छ। उनले फिल्ममा इमान्दारीपूर्ण चोरी गरेका छन्।

तर, कथा पुरानै भए पनि यसले नेपाली परिवेशलाई जोडेर सुन्दर तरिकाले दृश्यमा कथा प्रस्तुत गर्न सफल भएको छ। नेपाली दर्शकको स्वाद यो फिल्मले थाहा पाएको छ।

फिल्म बागबानका दुई प्रसङ्ग फिल्म फूलबारीमा जोडिएको छ। पहिलो, बलिहाङ (दयाहाङ राई)को बागबान मोह जो जतिबेलै यही फिल्म हेर्दै रुन्छ। 

दोस्रो, बागबानमा राजको भूमिका निर्वाह गरेका अमिताभ बच्चन र फूलबारीमा अवकासप्राप्त मास्टर जयनारायण शर्मा (विपीन कार्की)को तुलना।

मास्टरकी श्रीमती लक्ष्मी शर्मा (अरुणा कार्की)को संवाद छ, 'तपाईं त मेरो हिरो हो, मेरो अमिताभ बच्चन।' यति भनेपछि जयनारायणले अमिताभ बच्चनको अभिनय गरेर श्रीमती हसाउँछन्।

यी दुई प्रसङ्गले फिल्म बागबान, यसको नेपाली संस्करण फूलबारीको कथावस्तुबारे जानकार छ, जानीजानी दर्शकलाई नयाँ ढङ्गले पुरानै कथा सुनाएका हो भनेर चोरीको आरोपबाट पन्छिन खोजेको छ। 

तर, कथा पुरानै भए पनि यसले नेपाली परिवेशलाई जोडेर सुन्दर तरिकाले दृश्यमा कथा प्रस्तुत गर्न सफल भएको छ। नेपाली दर्शकको स्वाद यो फिल्मले थाहा पाएको छ।

कलरिङमा गरेको मेहनत हेर्न लायक छ। पात्रहरूको मनस्थितिअनुसार कतै छायामा फिल्म खिचिएको छ, कतै कलरमा त कतै फ्रेममा पनि।

फिल्ममा विज्ञापनको प्रयोग रोचक छ। दर्शकलाई थाहै नदिई, विज्ञापन देखाउन सक्नु निर्देशकको खुबी हो। यो खुबी रामबाबु गुरुङले धेरै ठाउँमा प्रयोग गरेका छन्।

फिल्ममा सबै कलाकारको अभिनय मौलिक छ। प्रियङ्का कार्कीको अभिनयमा आएको निखारता र पात्र छनोटमा फिल्म निर्माण टोलीले गरेको मेहनत प्रशंसायोग्य छ। 

विपीन कार्की भर्सटायल कलाकार हुन्, यो पहिले पनि प्रमाणित भइसकेको कुरा हो। त्यही कुरा पूर्वेली लवजमा उनले गरेको अभिनयले थप प्रमाणित गर्छ। 

अरुणा कार्कीले आफ्नो चरित्रलाई न्याय गरेकी छन्। शिल्पा मास्केलाई चाहिनेभन्दा थोरै भूमिका दिएको महसुस हुन्छ। दयाहाङ राई पुरानै अवतारमा छन्, तर उनी मौलिक छन्।

फिल्ममा सङ्गीतको प्रयोग पनि उचित ठाउँमा छ। ब्याकग्राउण्ड म्युजिकले फिल्मलाई मनोरञ्जनात्मक बनाएको छ। 

कलरिङमा गरेको मेहनत हेर्न लायक छ। पात्रहरूको मनस्थितिअनुसार कतै छायामा फिल्म खिचिएको छ, कतै कलरमा त कतै फ्रेममा पनि।

बलिहाङ बेरोजगार छ। बेरोजगार हुनुको कारण आमा हुन्। बुढी आमालाई छाडेर कमाउन जाऊ भन्दा ऊ रिसाउँछ। 

तर कथावस्तुमा भने समस्या छ।

फिल्ममा मुख्य एक परिवारको कथा भए पनि सहायकमा यही परिवारको छिमेकी परिवारको पनि कथा देखाइएको छ। जसमा गाउँमै बस्ने तर पढाइमा चाख नमान्ने राईको परिवार छ।

जयनारायणको छिमेकी बलिहाङको आमा, श्रीमती र छोरा छन्। यो परिवार सन्तान पढाउने विषयमा त्यति उत्सुक छैन। श्रीमती तीन महिना माइत बस्छिन् छोरालाई अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउन। 

तर, छोरालाई भर्ना भने गर्दिनन्। बलिहाङ आफैँ, उसको उमेरका साथीहरू पढिरहँदा नपढेको पात्र हो।

बलिहाङ बेरोजगार छ। बेरोजगार हुनुको कारण आमा हुन्। बुढी आमालाई छाडेर कमाउन जाऊ भन्दा ऊ रिसाउँछ। 

उसको सानो छोरो पनि बाउकै पाइला पछ्याउने बाटोमा छ।

अर्को मुख्य परिवारमा तीनभाइ छोराहरू नै पढेलेखेका छन्। जेठो उद्योग चलाउँछ, बीचको (फिल्ममा साइँलो भनिएको छ तर तीनभाइ छोरा छन्) छोरो कलाकार बन्ने ध्याउन्नमा छ र कान्छो अष्ट्रेलिया गएको देखाइन्छ। 

फिल्मको आन्तरिक द्वन्द्व अहिलेको पुस्ताले व्यहोरेको व्यस्तता हो। समय अभाव हो। करियर र परिवार दुवैलाई सँगसँगै अगाडि बढाउन नसक्दा आएको समस्या हो। 'जेनेरेशन ग्याप' का कारण सोचाइमा आएको फरकपना हो। 

तर, फिल्मलाई बाटो बिराएर संस्कार सिकाउन नसकेको तर्फ पुर्याइएको छ। सासु बुहारीको झगडातिर लगेर नेपाली परिवेशको कथा बनाउन खोज्नु फिल्मको रूढिवादी चिन्तन र पितृसत्तात्मक सोचको परिणाम हो।

तीनै जना छोराहरू करियरमा केन्द्रित हुँदा बुवाआमा हेर्न भुल्छन्। उनीहरूको मनमा बुवाआमाप्रति माया, श्रद्धा, आदरभाव सबै छ। छैन त केवल समय।

यी दुई परिवारलाई हेर्दा, छोराहरू पढायो भने बाआमा छाड्छन्, नपढाउने हो भने घरै बसेर पाल्छन् भन्ने भाष्य निर्माण हुन्छ। 

यही कुरालाई अझै जयनारायणले रुँदै भन्छन्, 'मैले २७ वर्षसम्म विद्यालयमा पढाएँ तर आफ्नै छोराहरूलाई संस्कार पढाउन सकेनछु।'

फिल्ममा जयनारायण पात्रको चरित्र पनि स्पष्ट छैन। छोरो अष्ट्रेलिया पढ्न जान्छु भन्दा, नेपालकै त्रिभुवन विश्वविद्यालयमा पढ् भन्छ, तर श्रीमतीको मुटु रोगको उपचार गर्दा सरकारी अस्पताल गङ्गालालमाथि शंका गर्छ र निजी अस्पतालमा उपचार गराउँछ।

फिल्मको पहिलो हाफ अलि स्लो लाग्छ। धेरै समय चरित्र निर्माणमा बिताइएको छ। छिमेकीको कथामा धेरै समय खर्च गर्दा फिल्मको उद्देश्य स्पष्ट हुन सकेको छैन।

फिल्मको आन्तरिक द्वन्द्व अहिलेको पुस्ताले व्यहोरेको व्यस्तता हो। समय अभाव हो। करियर र परिवार दुवैलाई सँगसँगै अगाडि बढाउन नसक्दा आएको समस्या हो। 'जेनेरेशन ग्याप' का कारण सोचाइमा आएको फरकपना हो। 

तर, फिल्मलाई बाटो बिराएर संस्कार सिकाउन नसकेको तर्फ पुर्याइएको छ। सासु बुहारीको झगडातिर लगेर नेपाली परिवेशको कथा बनाउन खोज्नु फिल्मको रूढिवादी चिन्तन र पितृसत्तात्मक सोचको परिणाम हो।

समग्रमा फिल्मले देखाएको कथावस्तुमा समस्या भए पनि यो फिल्मले दृश्यमा कथा भन्न सफल भएको छ। निर्देशकले आफ्नो फ्लेवर दिन सफल भएका छन्। 

फिल्म 'वान् टाइम वाचेबल' (एक पटक हेर्नलायक) छ।

६ फागुन, २०७९, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।