पोर्चुगल, क्यानडा, पोल्याण्ड जस्ता देश जाने चक्करमा शिक्षित युवा फस्दै, पाँच वर्षमा वैदेशिक रोजगार सम्बन्धी कुल ६ हजारभन्दा बढी उजुरी

पोर्चुगल, क्यानडा, पोल्याण्ड जस्ता देश जाने चक्करमा शिक्षित युवा फस्दै, पाँच वर्षमा वैदेशिक रोजगार सम्बन्धी कुल ६ हजारभन्दा बढी उजुरी

वैदेशिक रोजगारीमा जाने क्रममा दलाल र म्यानपावरबाट बर्सेनि हजारभन्दा बढी युवाहरू ठगिने गरेका छन्। वैदेशिक रोजगार विभागकै तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा ६ हजार १२४ श्रमिकबाट पाँच अर्ब रुपैयाँभन्दा बढी ठगी भएको छ। 

यो तथ्याङ्क त विभागमा परेका उजुरीको मात्रै हुन्। ठगिने श्रमिकको सङ्ख्या यो भन्दा धेरै छ।

विचौलिया, सदरमुकाम र शहरका वैदेशिक रोजगार कम्पनी र विदेश पढ्न पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सीका नाममा खोलिएका संस्थाबाट अधिकांश ठगिने गरेका छन्।

आव ०७६/७७ मा ९१४ उजुरी परेका थिए। त्यसमा पीडितहरूले ३४ करोड ६७ लाख मागदावी गरेका थिए। तीमध्ये विभागले एक सय ५५ उजुरी फर्स्योट गर्दै पीडितहरूलाई चार करोड ९२ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो। 

कोरोना महामारीमा समेत म्यानपावर कम्पनी र दलालहरूले श्रमिकलाई ठग्न नछाडेको यस तथ्याङ्कबाट पनि थाहा पाउन सकिन्छ।

पछिल्लो समय विकसित मुलुक लैजाने भन्दै विचौलियाले ठगेर भागेको उजुरी आउने क्रम बढेको विभागले जनाएको छ। त्यस्तोमा ठगिनेहरू शिक्षित र सम्पन्न परिवारका सदस्य समेत रहेको विभागको भनाइ छ।

कुन आर्थिक वर्षमा, कति उजुरी?
आव ०७४/७५ मा दुई हजार १२९ ठगीका उजुरी परेका थिए। जसबापत पीडितहरूले एक अर्ब ५२ करोड मागदावी गरेका थियो। त्यस वर्ष विभागले एक हजार २३ उजुरी फर्स्योट गर्दै पीडितलाई २० करोड १९ लाख क्षतिपूर्ति दिलाएको थियो।

आव ०७५/७६ मा विभागमा परेका एक हजार २६९ उजुरीमा पीडितले २९ करोड ६३ लाख मागदावी गरेका थिए। त्यस वर्ष विभागले चार सय २९ उजुरी फर्स्योट गर्दै पीडितलाई नौ करोड ५९ लाख क्षतिपूर्ति दिलाएको थियो।

आव ०७६/७७ मा ९१४ उजुरी परेका थिए। त्यसमा पीडितहरूले ३४ करोड ६७ लाख मागदावी गरेका थिए। तीमध्ये विभागले एक सय ५५ उजुरी फर्स्योट गर्दै पीडितहरूलाई चार करोड ९२ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो। 

कोरोना महामारीमा समेत म्यानपावर कम्पनी र दलालहरूले श्रमिकलाई ठग्न नछाडेको यस तथ्याङ्कबाट पनि थाहा पाउन सकिन्छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत आव ०७७/७८ मा ७८० वटा उजुरी परेका थिए। जसमा पीडितले एक अर्ब ३२ करोड मागदावी गरेका थिए। 

तीमध्ये तीन सय ४९ उजुरी संस्थागत कम्पनीविरुद्ध थिए। उनीहरूले ९७ करोड ४९ लाख ७३ हजार ठगी गरेको पीडितहरूको दावी छ।

उनी भन्छन्, 'विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, पोर्चुगल, क्यानडा, पोल्याण्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ।'

त्यस्तै, व्यक्तिगत रूपमा ठगी गरिएको भन्दै परेका ४३१ उजुरीमा ३४ करोड ५८ लाख मागदावी गरिएको थियो। त्यस वर्ष परेकामध्ये १२० उजुरी फर्स्योट गरी पीडितहरूलाई २१ करोड ७३ लाख क्षतिपूर्ति भर्पाई गराएको विभागले जनाएको छ।

वैदेशिक रोजागार विभागका अनुसार आव २०७८/७९ मा ठगीका एक हजार ७४२ वटा उजुरी परेका छन्।

पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ। आव २०७८/७९ मा उजुरीबापत ६५ करोड ७१ लाख ५८ हजार रुपैयाँ दावी गरिएकामा आव २०७७/७८ मा एक अर्ब ३१ करोड ४५ लाख ९५ हजार रुपैयाँ मागदावी गरिएको थियो। 

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा उजुरीको सङ्ख्या धेरै भए पनि दावी रकम भने कम रहेको विभागको तथ्याङकमा उल्लेख छ।

अधिकांश उजुरीमा मिलापत्र
व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्। 

उनी भन्छन्, 'विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, पोर्चुगल, क्यानडा, पोल्याण्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ।'

यस्तो उजुरीहरूमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको पनि उनको भनाइ छ। विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानूनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानूनको दायरामा बढी जाने गर्दछ।

वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाको उजुरी लिने र मिलापत्र गराउने अधिकार जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि छ तर यस्ता ठगीका उजुरीको मुद्दा दायर गर्ने, अनुसन्धान गर्ने, जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै हुन्छ।

वैदेशिक रोजगारीका क्षेत्रमा म्यानपावर कम्पनीबाट अप्रत्यक्ष रूपमा वार्षिक तीन अर्ब र व्यक्तिगत रूपमा दुई अर्बभन्दा बढी रकम ठगी हुने गरेको छ। जसमा पछिल्लो समयमा युरोपको रोजगारीमा कामदार पठाउने भन्दै म्यानपावर एजेन्टले प्रतिकामदार सातदेखि ११ लाख रुपैयाँसम्म ठगी गरेको उजुरी विभागमा परेका छन्।

विभागका अनुसार आव २०७८/७९ मा ८७ वटा मुद्दा अदालतमा दायर भएका छन्, जसमा व्यक्तिगत ठगीविरुद्धका ७६ रहेका छन् भने कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका ११ वटा छन्। 

अदालतमा दायर भएका मुद्दामा २२ करोड ६८ लाख ९४ हजार बिगो रकम मागदावी भएको विभागले जनाएको छ। 

विभागका अनुसार सो अवधिमा विभागमा आएका एक हजार ७४२ उजुरीमध्ये ४१५ वटा मिलापत्र गराइएको छ। सोही अवधिमा मिलापत्रबाट ३१ करोड ७९ लाख १९ हजार रुपैयाँ पीडकबाट पीडितलाई भराइएको छ।

वार्षिक पाँच अर्बभन्दा बढी ठगी
नेपालबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिएर वर्षमा ६ लाखभन्दा बढी युवा विभिन्न देश वैदेशिक रोजगारीका लागि जाने गरेको विभागको तथ्याङ्क छ। विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै ६ लाख १४ हजार युवा विदेश गएका छन्।

वैदेशिक रोजगारीका क्षेत्रमा म्यानपावर कम्पनीबाट अप्रत्यक्ष रूपमा वार्षिक तीन अर्ब र व्यक्तिगत रूपमा दुई अर्बभन्दा बढी रकम ठगी हुने गरेको छ। जसमा पछिल्लो समयमा युरोपको रोजगारीमा कामदार पठाउने भन्दै म्यानपावर एजेन्टले प्रतिकामदार सातदेखि ११ लाख रुपैयाँसम्म ठगी गरेको उजुरी विभागमा परेका छन्।

नयाँ श्रम स्वीकृति लिएर वार्षिक साढे तीन लाख युवा खाडीका विभिन्न देश पुग्ने गर्छन्। ती प्रत्येक कामदारसँग सरकारले तोकेको शुल्कभन्दा म्यानपावरले प्रतिकामदार २० हजारका दरले बढी लिँदा पनि वार्षिक पाँच अर्ब ५० करोड ठगी भइरहेको विभागकै कर्मचारी पनि बताउँछन्।

२९ माघ, २०७९, ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।