६० वर्षमा पहिलो पटक घट्याे चीनको जनसंख्या

६० वर्षमा पहिलो पटक घट्याे चीनको जनसंख्या

एजेन्सी : चीनमा सन् १९६१ पछि पहिलोपटक जनसङ्ख्या घट्दो क्रममा देखिएको छ।

राष्ट्रिय तथ्याङ्क ब्यूरोले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार ६० वर्षमा चीनको जनसंख्या पहिलोपटकट घट्दो क्रममा देखिएको हो।

अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको हो।

यो सङ्ख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसङ्ख्या हो।

यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात जनसङ्ख्या रहेको थियो। योसँगै कुल जनसङ्ख्या १.४१ अर्ब रहेको छ।

कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ७२ करोड र महिलाको सङ्ख्या ६८ करोडको हाराहारीमा पुगेको छ।

जनसङ्ख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ।
 
पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन।

जनसङ्ख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वका रूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ।

चीन लामो समयदेखि विश्वको सबैभन्दा बढि जनसङ्ख्या भएको राष्ट्र बनेको छ। यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ।

हाल भारतको जनसङ्ख्या १.४ अर्बभन्दा बढि छ।

४ माघ, २०७९, ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।