बागमती प्रदेशको उप–सभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता

बागमती प्रदेशको उप–सभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं : बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको  निर्वाचनको लागि दलगत रूपमा तीन जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनको तर्फबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसको तर्फबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीको तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएका छन्।

प्रदेशसभाको उप–सभामुखको निर्वाचन आगामी माघ २ गते दिउँसो ३ बजे हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यस प्रदेशको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भइसकेका छन्। सभामुख र उपसभामुख फरक दलको फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार महिला सांसद्ले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य छन्।

२९ पुस, २०७९, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।