बागमती प्रदेशका मुख्यमन्त्रीले माघ ३ गते विश्वासकाे मत लिने

बागमती प्रदेशका मुख्यमन्त्रीले माघ ३ गते विश्वासकाे मत लिने

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

माओवादी केन्द्रका जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाको १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसद्को समर्थन गरेका थिए।

प्रदेश सरकारले पूर्णता पाउन भने एक महिना लाग्न सक्ने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए।

२७ पुस, २०७९, १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।