बागमती प्रदेशकाे चाैथाे मुख्यमन्त्री बने शालिकराम जम्कट्टेल

बागमती प्रदेशकाे चाैथाे मुख्यमन्त्री बने शालिकराम जम्कट्टेल

हेटौंडा : बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

जम्कट्टेललाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ।

२०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए।

२५ पुस, २०७९, १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।