माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता चयन, छिर्के लगाएर गेम जितेको आरोप

माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता चयन, छिर्के लगाएर गेम जितेको आरोप

काठमाडौं : माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन्।

प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्त्वले गरेको प्रस्तावअनुसार उनी सर्वसम्मत दलको नेता चयन भएका हुन्। उनी यसअघि पनि दलको नेता थिए।

पौडेलले असहमतिकाबीच उनको नाम पारित भएपछि आपत्ति जनाएका छन्। उनले दलको नेता मतदानबाट चुनिनुपर्ने बताएका थिए। उनले सामाजिक सञ्जालमार्फत् छिर्के लगाएर खेल जितेको आरोपसमेत लगाए।

उनले लेखेका छन्– ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो। छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन। जब सम्म मन जितिँदैन केही पनि जितिँदैन। म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ।’

१६ पुस, २०७९, २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।